पोखरामा राजनीतिशास्त्र सोसाइटी नेपाल गठन
पाेखरा | भदौ ७, २०७९
पोखरा: देशका समसामयिक सबालमा बौद्धिक अन्तक्र्रिया, छलफल गरी नागरिकलाई यथार्थ बुझाउन सघाउने उद्देश्यले पोखरामा राजनीतिशास्त्र सोसाइटी नेपाल गठन भएको छ ।
शनिबार भएको पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातकोत्तर दोस्रो र चौथो सेमेस्टारमा अध्ययनरत विद्यार्थी प्राध्यापकहरुको भेलाले संस्था गठन गरेको हो । सुवास ढुंगानाको संयोजकत्वमा बनेको समितिमा सह–संयोजक फरेन्द्र थापामगर, सचिव मिलन आले, सहसचिव डा सञ्जय कोइराला र कामिल खान र कोषाध्यक्षमा दिलकुमारी पौडेल छन् ।
यस्तै सदस्यमा डा. सुधीररमण पराजुली, क्या. सन्तबहादुर लामिछाने, विष्णु पोखरेल, विष्णु गुरुङ (एकता), लक्ष्मण ढुंगाना, शिवराज रेग्मी र सुमन थापा छन् । भेलाले संस्थाको संरक्षक क्याम्पस प्रमुख सरोज कोइरालालाई बनाएको छ ।
सल्लाहकारमा लालबहादुर कुँवर, थानबहादुर क्षेत्री, डा. उमानाथ बराल, डा। गिरीधारी दाहाल, माधवराज बस्तोला, कमलराज पौडेल र कृष्णप्रसाद तिमिल्सिना छन् ।
बिधान मस्यौदा समितिमा संयोजक वरिष्ठ अधिवक्ता माधवराज बॅास्तोला र सदस्यमा कृष्ण प्रसाद तिमिल्सिना, माधव बॅास्तोला, सुभाष ढुंगाना र मिलन आले छन् ।
कार्यक्रममा क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले यस खालको बौद्धिक बहस गर्ने संस्था शैक्षिक संस्था जरुरी हुने बताए । उनले देशका समसामयिक सवालमा बहस गर्ने थालोको रुपमा संस्थालाई विकास गर्न उनले आग्रह गरे ।
कार्यक्रम अन्नपूर्ण गाउँपालिकाको काँडेमा भएको हो । समितिले उद्देश्य अनुरुपका कार्यक्रमका साथै चाडै विधान तयार गरी अधिवेशन गर्ने संयोजक ढुंगानाले जानकारी दिए ।
काठमाडौँ: नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया सुरु भएको छ । अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर...
पोखरा: बागलुङको ताराखोला गाउँपालिकाले मुख्य सडकको रुपमा सहिद मार्गलाई राखेको छ । सहिद मार्ग निर्माणको गति बढ्न नसक्दा बारम्बार प्रश्न उठ्दै आएको छ । सहिद मार्ग निर्माणमा तीन तहका सरकारले बेवा...
काठमाडौं: नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ । नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालि...

